दफा ५६६
जमानत दिने व्यक्ति र ऋणीको सम्बन्ध

(१) जमानत दिने व्यक्तिले ऋण चुक्ता गर्ने वा दायित्व पूरा गर्नु पर्ने व्यक्तिलाई करार बमोजिम ऋण चुक्ता गर्न वा दायित्व पूरा गर्न लगाउनेछ ।
(२) ऋण वा दायित्व लिँदा ऋणीले जमानत दिने व्यक्तिलाई जमानत दिए वापत कुनै धनमाल वा सुरक्षण दिएको रहेछ भने ऋणीको मञ्जुरी बिना त्यस्तो व्यक्तिले त्यस्तो धनमाल वा सुरक्षण धितो बन्धक राख्न, बेचबिखन गर्न वा अन्य कुनै तरिकाले हक हस्तान्तरण गर्न पाउने छैन ।
(३) कुनै खास प्रयोजनको लागि ऋण वा दायित्व लिई त्यस वापत जमानत दिएको भए त्यसरी जमानत दिने व्यक्तिको मञ्जुरी बिना त्यस्तो ऋण वा दायित्वको उद्देश्य, स्वरूप वा त्यसका शर्तमा हेरफेर गर्न सकिने छैन ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जमानत दिने व्यक्ति र ऋणीको सम्बन्धमा करारमा अन्यथा लेखिएकोमा सोही बमोजिम हुनेछ ।